२६ आश्विन २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम स्वास्थ्य

श्रीकोटको सिल्लेगडा बर्थिङ एकाइमा बेबी वार्मर

बैतडी, ६ चैत । दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सिल्लेगडा बर्थिङ एकाइमा बेबी वार्मर नवजात शिशु तापक्रम नियन्त्रक उपलब्ध गराइएको छ ।

ज्योती विकास बैंकको आर्थिक तथा राष्ट्रिय आविस्कार केन्द्रको प्राविधिक सहयोगमा बर्थिङ एकाइमा बेबी वार्मर उपलब्ध गराइएको हो । बेबी वार्मरले नवजात शिशु जन्मिँदा तापक्रमसम्बन्धी समस्या देखिएर अकालमै हुने मृत्युलाई रोक्न मद्दत गर्ने उपकरण हो ।

महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रमा निर्माण गरिएको यो उपकरण नवजात शिशुको तापक्रम नियन्त्रण गरी शिशु मृत्युदर घटाउने उद्देश्यले विगत पाँच वर्षदेखि वितरण हुँदै आएको जनाइएको छ ।

नवजात शिशुलाई सिताङ हुनबाट बचाउन यो मेसिनले सहयोग गर्ने श्रीकोट स्वास्थ्य चौकीका इञ्चार्ज वीरसिंह भाटले बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि