३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार समाज

राप्रपा आफ्ना सबै गतिविधीहरुलाई आन्दोलन केन्द्रित बनाएर अगाडि बढ्छ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठकले थप आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार बसेको बैठकले पुर्व निर्धारित आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने र थप आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिएका छन् ।

पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘आज हामीले बैठक बोलाउदा नै आन्दोलनसँग केन्द्रित भनेका थियौ । आजको बैठकले पुर्व निर्धारित आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने र आउदो १२ गते आन्दोलन परिचालन मूल समितिको बैठक बसाएर थप आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने निर्णय गरेको छ । अब राष्ट्रिय प्रजातन्त्र पार्टी आफ्ना सबै गतिविधीहरुलाई आन्दोलन केन्द्रित बनाएर जाने छ ।’

उनले यो आन्दोलनमा समान विचार राख्ने अन्य राजनीतिक दल, समुह, व्यक्तिहरुलाई पनि सहकार्यका लागि आव्हान गरेका छन् ।

 

 

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि