१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

एकआपसमा लडिरहने र झगडा गरिरहने हो भने खेल क्षेत्रको विकास हुँदैन्

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेल क्षेत्रको विकासको लागि वातावरण सहज बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन् ।

मंगलबार ललितपुरमा आयोजित कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक कार्यक्रममा उनले एकआपसमा लडिरहने, झगडा गरिराख्ने र खेलाडीहरुको बारेमा नसोच्ने हो भने खेल क्षेत्र विकास हुन नसक्ने भन्दै यसको लागि आवश्यक पहल गर्न मन्त्रालय तयार रहेको बताए ।

उनले भने, ‘हामी सधैँ एकआपसमा लडिरहने, झगडा गरिराख्ने हो भने खेलाडीहरुको प्रगती कसरी हुन्छ । खेलाडीहरुको बारेमा सोच्दै नसोच्ने, जहिले पनि मुद्दामा मात्र जाने हो भने यो क्षेत्रको पनि विकास सम्भव हुदैँन् । समस्या सम्बोधन गर्न र वातावरण सहज बनाउन हामी तयार छौ ।’

यसको साथै, उनले संघहरु नियम अनुसार नियमित सञ्चालन नभएको भन्दै संस्थाहरुलाई नियमित भएर चल्न पनि आग्रह गरेका छन् ।

उनले भने, ‘राष्ट्रिय खेलकुद परिषद्को ठूलो इतिहास छ । तर अहिले पनि खेलकुदलाई व्यवस्थित तरिकाबाट अगाडि बढाउन सकेको छैन् । ओलम्पिक कमिटी र संघका साथीहरुलाई पुनः आग्रह गर्न चाहन्छ, तपाईहरु सबै नियमित हुनुपर्छ । किनभने धेरै जस्तो संघहरु हाम्रो नियम अनुसार नियमित छैनन् । संस्थाहरुलाई सधैँ टालटुल गरेर सञ्चालन गर्नु हुदैँन् ।’

आगामी वर्षको बजेटमा खेलाडी र रिटायर्ड भएका खेलाडीहरुको छोराछोरीलाई प्याबसन र एनप्याबसनले छात्रवृत्ति दिने कुरा केही दिनभित्र टुङ्गो लाग्ने पनि उनको भनाई छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected