१५ फाल्गुन २०८२, शुक्रबार
गण्डकी मुख्‍य समाचार समाचार समाज

सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस पोखरामा, छेन्दु–पोखरा सिधा उडान सुरु

पोखरा । चीनको सिचुवान एयरलाइन्सले मंगलबारदेखि छेन्दु–पोखरा सिधा उडान सुरु गरेको छ । सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस–३९१ मंगलबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

१२८ जना चिनियाँ पर्यटक बोकेको उक्त विमान पोखराबाट १२६ जना लिएर छेन्दु प्रस्थान गरेको छ । पोखराबाट उक्त विमानमा महानगरका मेयर धनराज आचार्यको नेतृत्वमा जनप्रतिनिधि, पर्यटन व्यवसायी लगायत छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएर सञ्चालनमा आएको दुई वर्षपछि कमर्सियल चार्टर्ड उडान सुरू भएको हो । उक्त विमान हप्तामा एक पटक पोखरा आउजाउ गर्ने सिचुवान एयरलाइन्सले जनाएको छ ।

एयरलाइन्सले आगामी १० हप्तासम्म उडान तालिका बनाएको छ । त्यसपछि व्यवसाय हेरेर नियमित उडान गर्ने एयरलाइन्सको तयारी छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि