१ चैत्र २०८२, आईतवार
बागमती मुख्‍य समाचार समाचार समाज

प्रहरीमा व्यापक सुधार आवश्यक छ : नवनियुक्त (आईजीपी) थापा

काठमाडौं । सरकारले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापालाई दज्र्यानी चिन्ह प्रदान गरेको छ ।

मंगलबार गृहमन्त्रालयमा आयोजित एक समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीले दज्र्यानी चिन्ह प्रदान गरेका हुन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले थापालाई ३१औं आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो ।

३०औं महानिरीक्षक वसन्तबहादुर कुँवर ३० वर्षे सेवा अवधि पूरा गरी गएरातिबाट बिदा भइसकेका छन् । थापाले आजैबाट कार्यभार सम्हाल्ने छन् ।

कार्यभार सम्हाल्दै नवनियुक्त (आईजीपी) दीपक थापाले प्रहरीमा व्यापक सुधार आवश्यक रहेको बताएका छन् । उनले प्रहरी भित्रको सुधार आफैंबाट सुरू गर्ने बताएका हुन् ।

उनले भने, ‘प्रहरी कस्तो छ भनेर हामीले लुकाउनुपर्ने केही छैन । ती पक्ष लुकाएर वा दबाएर प्रहरीमा सुधार हुन्छ भन्नेतर्फमा म विश्वास पनि गर्दिनँ ।
प्रहरीभित्र सुधार ल्याउन साइत कुरेर बस्न पनि जरूरी छैन । सुधारको प्रारम्भ कोही र कसैबाट होइन म भित्रैबाट नै आवश्यक छ भन्ने स्वीकार गरी अघि बढ्नुको विकल्प छैन ।’

साथै उनले मुलुकमा शान्ति सुरक्षाको कार्यान्वयन र मानव अधिकारको प्रत्याभूति गर्न आफू प्रतिवद्ध रहेको बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि