३० फाल्गुन २०८२, शनिबार
बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा मतदान जारी

रामेछाप । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको रामेछापमा एक मात्र स्ववियु निर्वाचन हुने मन्थली सहिद स्मृति बहमुखी क्याम्पसमा स्ववियु निर्वाचन अन्तर्गत मतदान भइरहेको छ ।

बिहान ८ बजेबाट क्याम्पस परिसरमा मतदान जारी छ । सो क्याम्पसमा स्नातक र स्नातकोत्तरका ५ सय बढी विद्यार्थीले नेतृत्व चयनका लागि मतदान गर्दैछन् ।

निर्वाचनमा अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीको प्यानल छुट्टाछुट्टै चुनाव लड्दैछन् ।

जिल्लामा स्ववियु निर्वाचन हुने एउटा मात्रै क्याम्पस भएकोले यो निर्वाचनलाई तीन प्रमुख राजनीतिक दलहरूले समेत प्रतिष्ठाको विषय बनाएका छन् । निर्वाचन स्थलमा तीनवटै प्रमुख राजनीतिक दलका नेताहरू समेत भेला भएका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि