२० माघ २०८२, मंगलवार
खेलकुद मधेश मुख्‍य समाचार समाचार समाज

जनकपुरधाममा तेस्रो ईन्टर कलेज क्रिकेट प्रतियोगिता हुने

जनकपुर । जनकपुरधाममा आगामी चैत १५ गतेदेखि तेस्रो ईन्टर कलेज क्रिकेट प्रतियोगिता सुरु हुने भएको छ ।

चौथो संस्करणको बिवाइडी इन्टर स्कूल क्रिकेट प्रतियोगिताको सफलता र पहिलो र दोस्रो संस्करणहरूको उत्कृष्ट आयोजनासँगै जनकपुर स्पोट्र्स क्लब र न्यू भिजन नेपालको संयुक्त पहलमा तेस्रो संस्करणको क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको हो ।

आयोजक समितिका अनुसार प्रतियोगितामा सहभागी हुने कलेजहरूले चैत १३ गते भित्र आफ्नो टिम दर्ता गरिसक्नुपर्नेछ । प्रतियोगिता स्थानीय क्रिकेट खेलाडीहरूको क्षमता अभिवृद्धि गर्ने अवसरका रूपमा महत्वपूर्ण मानिन्छ ।

यसले उनीहरूलाई आगामी समयका प्रतिस्पर्धात्मक अवसरहरूका लागि तयार पार्ने छ । प्रतियोगिता रंगभुमी मैदान बार्हबिघामा आयोजित हुनेछ भने प्रतियोगिताको तयारी तीव्र रूपमा अघि बढाइएको आयोजक समितिले जनाएको छ।

प्रतियोगिता लिग चरणमा हुने खेलहरूसँगै उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरू सेमिफाइनल र फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । विजेता टोलीलाई आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उत्कृष्ट खेलाडीहरूलाई विशेष पुरस्कारको व्यवस्था गरिने आयोजकले जानकारी दिएको छ ।

यो प्रतियोगिता विशेष रूपमा जनकपुरधामका कलेज तहका विद्यार्थीहरूलाई खेलकुदमा सहभागी गराउन, उनीहरूको खेल प्रतिभालाई निखार्न र उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा प्रतिस्पर्धा गर्न सक्षम बनाउने उद्देश्यले आयोजना गरिएको जनाइएको छ ।

आयोजक समितिले क्रिकेटप्रेमी दर्शकहरूलाई प्रतियोगिता हेर्न उपस्थित भई खेलाडीहरूलाई उत्साह प्रदान गर्न पनि आग्रह गरेको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected