३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार समाज

सगरमाथा संवादमा प्रदेश र स्थानीय सरकारलाई सहभागी गराइने

काठमाडौं । सरकारका मुख्यसचिव एकनारायण अर्यालले सगरमाथा संवाद कार्यक्रममा प्रदेश र स्थानीय सरकारलाई सहभागि गराउने बताएका छन् ।

आइतवार सगरमाथा संवाद सचिवालयले आयोजना गरेको सगरमाथा संवाद २०२५ प्रेस ब्रिफिङमा बोल्दै उनले जलवायु परिवर्तनको प्रभावबाट सबै समस्यामा परेको भन्दै सगरमाथा संवाद कार्यक्रममा प्रदेश र स्थानीय सरकारलाई पनि साथै लैजाने बताएका हुन् ।

उनले भने, ‘सगरमाथा संवादको विषयमा हामीले प्रदेश र स्थानीय सरकारलाई पनि सँगै लैजाने ताकि हामी तीन करोड नेपालीकै साझा समस्या बनाउने जसबाट जलवायु परिवर्तनको प्रभावबाट हामी प्रताडित छौ । नेपालले ज्यादै क्षति व्यहोर्नु परेको छ । यो क्षतिको बारेमा अन्तर्राष्ट्रिय जानकारी गराउने र त्यसबाट बच्नको लागि के के अपनाउन सकिन्छ भनेर जनसमुदायलाई सचेत गराउने उद्देश्यले यस वर्ष कार्यक्रम गर्न लागेका हौ ।’

यस्तै, सचिवालयका सदस्य सचिव डा. महेश्वर ढकालले जलवायु परिवर्तनको सबैभन्दा ठुलो प्रभाव खाद्यन्नमा परेको बताए ।

उनले भने,‘जलवायु परिवर्तनको सबैभन्दा ठुलो प्रभाव खाद्यन्न संरक्षण हो । त्यसभित्र पानी, स्वास्थ्य पनि छ । खाद्यन्न र कृषीमा नेपाली जनातालाई आत्मनिर्भर हुने गरी जलवायु परिवर्तनको जोखिवबाट कसरी बच्ने भन्ने कुरा त्यहाँ केन्द्रित गर्न खोजेका छौ ।’

सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा सगरमाथा संवाद कार्यक्रम आयोजना गरेको छ । उक्क्त कार्यक्रममा छिमेकी मुलुक भारत, चीनसहित विभिन्न मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुखसहितलाई विशेष अतिथिका रूपमा आमन्त्रण गरेको छ ।

सरकारले पहिलो पटक जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर हरेक दुई वर्षमा यस प्रकारको विश्व संवाद आयोजना गर्न लागेको हो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि