३० फाल्गुन २०८२, शनिबार
बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

गणतन्त्रात्मक शासन व्यवस्थाको रक्षाका लागि सरकारले जनताका पक्षमा काम गर्नुपर्छः सांसद सुवेदी

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका सांसद विमला सुवेदीले पछिल्लो समय सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विरोध भइरहेकाले सरकारले जनताका पक्षमा प्रभावकारी काम गर्नुपर्ने खाँचो औँल्याएका छन।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद सुवेदीले अहिलेको व्यवस्थाको रक्षाका लागि जनताका पक्षमा प्रभावकारी रुपमा काम गर्न सरकारको ध्यानाकर्षण गराएका हुन ।

राजतन्त्रवादीहरु व्यवस्थाकाविरुद्धमा लागेको उल्लेख गर्दै उहाँले बेलैमा सचेत रहन र गणतन्त्रप्राप्तिका लागि भएका योगदानको सम्मान गर्न सबैले ध्यान दिनुपर्ने खाँचो रहेको बताए । सांसद सुवेदीले भने, यो लोकतान्त्रिक शासन व्यवस्थामा राजा ल्याउने सपना देख्न पाइन्छ तर राजतन्त्र फर्काउने कुरा सम्भव छैन । राजसंस्था फर्केला भनेर भ्रमको खेती गर्न पनि पाइन्न ।

पूर्वविशिष्ट पदाधिकारीलाई सुविधा दिने विषय बेठीक भएको भन्दै उनले आफ्नो पार्टीले यसको विरोध गर्ने बताए । सांसद सुवेदीले बाँकेको बालेन्दु बालसुधार गृहका समस्या दीर्घकालीन रुपमा समाधानका लागि कानुनी र संरक्षणगत सुधार जरुरी रहेको समेत उल्लेख गरे।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि