१ चैत्र २०८२, आईतवार
बागमती मुख्‍य समाचार समाचार समाज

वनमन्त्री ठकुरीसँग बेलायतका लर्ड सदस्य काम्योजको भेटवार्ता

काठमाडौँ, १ चैत । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठाकुरीसँग संयुक्त अधिराज्य बेलायतका हाउस अफ लर्डका सदस्य लर्ड काम्योजले शिष्टाचार भेटवार्ता गरेका छन् ।

बेलायतको राजधानी लन्डनमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको बेलायतस्थित नेपाली दूतावासले जनाएको छ ।

वनमन्त्री ठकुरी ‘जल सुरक्षा, जलवायु, प्रकृति र विकासको अन्तरसम्बन्धमा हुने मन्त्रिस्तरीय गोलमेच’ कार्यक्रममा सहभागी हुन बिहीबार त्यहाँ पुगेका हुन्।

भ्रमणका क्रममा मन्त्री ठकुरी बिहीबार साँझ बकिङ्घम दरबारमा राजा चाल्र्स तृतीयद्वारा आयोजित जल र जलवायु स्वागत समारोहमा सहभागी भएका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि