Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

एमालेले सचिवालय बैठक बोलायो

रासस
5 महिना अघि

काठमाडौँ, १ चैत । नेपाल कम्युनिष्ट पार्टी एमालेले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले यही चैत ४ गते सचिवालय बैठक बोलाइएको जानकारी दिए ।

सचिव डा अधिकारीका अनुसार उक्त बैठकमा पार्टीको सङ्गठनात्मक गतिविधि, समसामयिक राजनीतिक विषयवस्तुलगायत विषयमा छलफल हुनेछ ।

बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया