१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

मञ्जुश्री ट्रेल रेस एमटिआरको पाँचौँ संस्करणमा चैत १ देखि ३ गतेसम्म

काठमाडौं । मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करणमा चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने भएको छ ।

आयोजकका अनुसार यसपालि पाँच सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३७१ नेपाली र १३१ विदेशी गरी कूल ५०२ जनाको सहभागता रहनेछ । जसमध्ये पुरुष धावक ४०८ र महिला धाविका ९४ जना रहेका छन् ।

पाँचौँ मञ्जुश्री ट्रेल रेसमा एक सय माइल्स, एक सय किमी, ५० किमी, ३० किमी र दस किमी इभेन्टमा दौड हुनेछन् । १०० माइल्स स्वयम्भूस्थित सिङल ट्रिबाट सुरु भई सोही स्थानमा आएर सकिनेछ । १०० किमी रेस नगरकोटको सेरेन रिसोर्टबाट, ५० किमी रेस गोदावरीबाट तथा ३० किमी रेस सोलिड रक लज डोल्लु पर्मिङबाट सुरु हुनेछ । सबै रेस सिङगलल ट्री स्थित पवना हाउसमा पुगेर समाप्त हुनेछ ।

मन्जुश्री ट्रेल रेस एसिया ट्रेल मास्टर्सको क्वालिफायर पनि हो । मन्जुश्रीमा विजेता हुने खेलाडीहरु भियतनामा हुने एसिया ट्रेल मास्टर्समा चयन हुनेछन् । एसिया ट्रेल मास्टर्समा नेपाली खेलाडी उपाधि दावेदारको रुपमा रहने गर्दछ । सन् २०२३ मा रशिला तामाङ र २०२४ मा प्रिया राईले एसिया ट्रेल मास्टर्सको उपाधि जितेका थिए ।

मन्जुश्री ट्रेल रेसअन्तर्गत १०० माइल्समा पहिलो देखि तेस्रो हुनेले क्रमशः ७५ हजार, ४० हजार र २० हजार प्राप्त गर्नेछ । १०० किमीमा पहिलो देखि तेस्रो हुनेले क्रमशः ५० हजार, २५ हजार र १५ हजार तथा ५० किमीमा पहिलो देखि तेस्रो हुनेले क्रमशः ३० हजार, १५ हजार र १० हजार रुपियाँ पुरस्कार पाउनेछ । ३० किमीमा पहिलो देखि तेस्रो हुने क्रमशः २० हजार १० हजार र ५ हजार रुपियाँको हकदार हुनेछ । १० किमीमा भने नगद पुरस्कार राखिएको छैन ।

मन्जुश्री ट्रेल रेसका कार्यवाहक अध्यक्ष नारायण आचार्यले किंवदन्तीअनुसार मञ्जुश्री चिनबाट नेपालसम्म हिँडेर आएको, त्यो बेला काठमाडौँ उपत्यका पानीले भरिएको र मञ्जुश्रीले चोभारको डाँडा काटेर काठमाडौँ बस्न लायक बनाएको कथा छ । त्यसैले प्रभावित यस रेसको नाम मञ्जुश्री ट्रेल रेस राखिएको बताए ।

यसैगरी रेस डिरेक्टर आसिस मिश्रले पहिलो संस्करणमा सातजना धावकमात्र रहेको संस्करण गर्दे अहिले पाँच सयभन्दा बढीले सहभािगता जनाउन लागेकोमा आफूलाई धेरै खुशी लागेको बताए ।

यसैगवरी धाविका रसिला तामाङले ट्रेल रेस नेपालीहरुका लागि अन्तर्राष्ट्रिय पदकको सम्भावना भएको खेल हो, भनिन् । उनले यसपटक व्यवस्थापनमा पनि सहयोग गर्नुपरेकोले खेल्ने, नखेल्ने निर्णय गरिनसकेको जानकारी पनि दिइन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected