३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार समाज

कांग्रेसको अर्थ नीतिको कारण मुलुकको अर्थतन्त्रले गति लिएको हो : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसको अर्थ नीतिको कारण मुलुकको अर्थतन्त्रले गति लिएको र रोजगारी सिर्जना हुन थालेको दाबी गरेका छन् ।

उनले नेपाली कांग्रेसका पूर्व सभापति एवंम् पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइराला नेतृत्वको सरकारले अंगिकार गरेको अर्थनीतिको कारण आजको यो अवस्था आएको बताएका हुन् ।

उनले भने, ‘बल्ल रोजगारीको विषयमा छलफल भएको भ्रम नरहोस्, प्रतिकुलता र अस्थिरताको बिचमा सामाजिक न्याय सहितको उदार अर्थ व्यवस्थाको नीति जुन नेपाली कांग्रेसले अंगिकार गरेको नीतिले पनि न्यून रुपमा सहि रोजगारीको जे जस्ता अवस्था सिर्जना भएका छन् । निजी क्षेत्रको जुन रुपमा विकास भएको छ नेपाली कांग्रेस पार्टी खुलेआम दावा गर्छ ।

यसलाई जि.वीभन्दा फरक पर्दैन । गिरिजा प्रसाद कोइरालाले लिएको नीतिको कारणले हो ।’ उनले संसद पाँचवर्ष टिक्ने र सविधान संसोधनको लागि छलफल गरिरहेको पनि बताए ।

नेपाली कांग्रेसले “राजनीतिक विमर्शको केन्द्रमा रोजगार – सरकारको प्राथमिकतामा रोजगार“ भन्ने लक्ष्यका साथ“मिसन रोजगारी“अभियान सञ्चालन गरेको छ । आइतवार (आज) नेपाली कांग्रेस पार्टी कार्यालय तथा नेपाली कांग्रेस पुस्तकालय तथा स्रोत केन्द्रको समन्वयमा संचालनहुने यस अभियानको उद्घाटन भएको हो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि