२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार

‘शिक्षा विधेयक हुबहु पारित भए शिक्षा क्षेत्रमा संकट ल्याउँछ’

३१ भदौ, काठमाडौं । संसदमा दर्ता भएको शिक्षा विधेयक परिमार्जन नभए शिक्षा क्षेत्रमा संकट ल्याउने सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू काठमाडौंमा गरेको अन्तक्रियामा विधेयक शिक्षा क्षेत्रको हित विपरित रहेको सरोकारवालाले बताएका छन् ।

पूर्व मन्त्री एवं नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य मेटमणी चौधरीले विद्यालय शिक्षा विधेयकलाई संसोधन गरेर मात्रै पास गर्नुपर्ने बताए ।

शिक्षाविद प्रा. डा. विद्यानाथ कोइरालाले विधेयकले निजि र सार्वजनिक शिक्षा बीचको असमानता हल गर्ने ठोस उपाय विधेयकले निकाल्न नसकेको दावी गरे ।

शहरका निजि विद्यालयमा ५० देखि ७० प्रतिशत जनताका छोराछोरी पढ्ने गरेको उल्लेख कोइरालाले गरे । सरकारी शिक्षा कमजोर हुनुमा शिक्षककै कमजोरी रहेको उनले तर्क राखे ।

कोइरालाले ४ वटा विषय अंग्रेजीमा पढाउनु पर्ने व्यवस्था विधेयकबाट ल्याउन खोजिए पनि शिक्षक जनशक्तिको अभावले प्रभावकारी नहुने कोइरालाले बताए ।

शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले विद्यमान विधेयक मुलतः शिक्षकहरुको हक र अधिकारलाई कुण्ठित गर्ने गरी ल्याउन खोजिएको टिप्पणी गरिन् ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको