७ पुष २०८२, सोमबार
मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

गृहमन्त्री लेखकद्वारा बैतडीको शान्तिसुरक्षाबारे जानकारी

बैतडी, २३ फागुन । गृहमन्त्री रमेश लेखकले बैतडीको शान्तिसुरक्षाका बारेमा जानकारी लिएका छन् ।

आज बिहान खोड्पे प्रहरी चौकीको निरीक्षण गर्दै उनले जिल्लाको शान्तिसुरक्षाका बारेमा जानकारी लिएका हुन् ।

गृहमन्त्री लेखकले जिल्लाको समग्र शान्तिसुरक्षाका बारेमा जानकारी लिनुका साथै आवश्यक निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।

उनले भने, “खोड्पे प्रहरी चौकीको निरीक्षणका क्रममा गृहमन्त्रीज्यूले जिल्लाको समग्र शान्तिसुरक्षा र विपद्को विषय जानकारी लिनुभयो, साथै आवश्यक निर्देशन समेत दिएर जानुभयो ।”

शान्तिसुरक्षा, विपद् व्यवस्थापन, लागुऔषध नियन्त्रणलगायत विषयमा गृहमन्त्री लेखकले निर्देशन दिएका हुन् । गृहमन्त्री लेखक बैतडीपश्चात् बझाङका लागि प्रस्थान गरेका छन् ।

बझाङमा भूकम्पबाट पीडितका लागि आवास पुनर्निर्माणका लागि अस्थायी कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको गृहमन्त्री लेखकका स्वकीय सचिव जनकराज भट्टले जानकारी दिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि