१८ कार्तिक २०८२, मंगलवार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

आलुबखडा र चेरीका फूलहरूले ढकमक्क

एजेन्सी । चीनका विभिन्न प्रान्तका रमणीय स्थानहरूमा वसन्त ऋतुको आगमनले प्राकृतिक दृश्यहरु निकै रोमान्चक देखिएका छन् ।

आलुबखडा र चेरीका फूलहरूका दृश्यहरूले चमक ल्याएको छ । पूर्वी चिनियाँ शहर हाङझाउको सिक्सी राष्ट्रिय सिमसार पार्कको करिब २० हेक्टर क्षेत्रफलमा आलुबखडाका रूखहरू ढकमक्क फुलेका छन् । जसका कारण पर्यटकहरु आकर्षित भएका छन् ।

सिक्सी राष्ट्रिय सिमसार निकुञ्जका कर्मचारीहरुका अनुसार निकुञ्ज क्षेत्रमा आलुबखडा हेर्ने मौसम भएकाले पर्यटकहरु बढिरहेका छन् । फूल फुल्ने अवधि मार्चको अन्त्यसम्म रहनेछ ।

उता, दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको डानलिन टाउनमा, लगभग ४० हेक्टर क्षेत्रफलमा चेरीका रूखहरू फूलेका छन् । जसले हावालाई मीठो सुगन्धले भरिदिएको छ ।

दक्षिणपश्चिम चीनको गुइझोउ प्रान्तमा, रेपसीड फूलहरू पनि पूर्ण रूपमा फुलेका छन्।
केही स्थानीय किसानहरूले विभिन्न रंगका फूल फुल्ने बालीहरू रोपेर आफ्नो खेतहरूलाई विशाल क्यानभासको रूपमा प्रयोग गरिरहेका छन्।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि