१४ फाल्गुन २०८२, बिहीबार
कोशी मुख्‍य समाचार समाचार समाज

पाँचधारेमा स्तूपा निर्माण

भोजपुर, २३ फागुन : भोजपुरको टेम्केमैयुङ ९ पाँचधारेमा स्तूपा निर्माण गरिएको छ । पर्यटकीय क्षेत्रको विकास तथा प्रवद्र्धन गर्ने लक्ष्यले यहाँ स्तूपा निर्माण गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु २७ लाखमा बौद्धस्तूपा निर्माण भइरहेको टेम्केमैयुङ–९ लेखर्कका वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिए । काठमाडौँमा रहेको बौद्धस्तूपाको जस्तै आकारमा निर्माण हुने यो स्तूपा खोलुखुम्बुबाट दक्ष कालीगड ल्याएर निर्माणको काम भइरहेको उनको भनाइ छ ।

पर्यटकीय क्षेत्रको विकाससँगै धार्मिक सहिष्णुता कायम गर्न बौद्ध धर्म मान्ने समुदायलाई लक्षित गरेर स्तूपा निर्माण भइरहेको अध्यक्ष माङ्गपाहाङ्गले बर्ताए ।

धार्मिकसँगै पर्यटकीय क्षेत्रको विकासका लागि स्तूपा निर्माण गरिरहेका छौँ, उनले भने, पाँचधारे पर्यटकीय हिसाबले प्रचुर सम्भवना बोकेको स्थान हो । यसले यहाँको पर्यटनको विकासमा टेवा पुग्छ भन्ने हाम्रो लक्ष्य हो । यहाँ स्तूपा निर्माणपश्चात् पदमार्ग निर्माण, घेर बारा सँगै वृक्षरोपण गरिने उहाँले जानकारी दिए ।

पाँचधारेमा पाँच धाम’ निर्माण गर्ने लक्ष्यका साथ काम गरिरहेको अध्यक्ष माङ्गपाहाङ्गले बताए । सबै समुदायको अपनत्व हुने गरी यहाँका संरचना निर्माण भइरहेका छन् । किरात समुदायलाई लक्षित गरेर पाँचधारेमा नै करिब रु ८० लाख लागतमा किरात सांस्कृतिक भवन निर्माण भइरहेको छ ।

अब हिन्दू समुदायलाई लक्षित गरेर पशुपति मन्दिर निर्माण गर्ने लक्ष्य रहेको अध्यक्ष राईले बताए । यहाँ बसोबास गर्ने सवै समुदायलाई समेटेर संरचना निर्माण गरिहेका छौँ, उनले भने, किरात, बौद्ध धर्माव लम्बीलाई लक्षित गरेर संरचना निर्माण भइरहेका छन् । धार्मिक पर्यटनको विकासको लागि पाँचधारेमा पाँच धाम निर्माण गर्ने योजना छ ।

स्थानीय सौगात राईले पाँचधारे पोखरी तथा किरातेश्वर ढुङ्गे बगैँचाको संरक्षणसँगै पदमार्ग निर्माण भएपछि आन्तरिक पर्यटकको आवगमन बढेको बताए । टेम्केमैयुङ गाउँपालिका भित्र रहेका पर्यटकीय क्षेत्रको योजनाबद्ध विकासमा जोड दिइएको गाउँपालिकाका उपाध्यक्ष रमादेवी राईले बताए । गाउँपालिकाले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । कृषि र पर्यटनलाई स्थानीयवासीको जीविको पार्जन सँग जोड्ने लक्ष्य रहेको उनको भनाइ छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि