३० फाल्गुन २०८२, शनिबार
बागमती मुख्‍य समाचार समाचार समाज

‘महिला चलचित्र महोत्सव’ सम्पन्न

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चलचित्र विकास बोर्ड अन्तर्गत ‘महिला चलचित्रकर्मी सशक्तिकरण समिति’ को आयोजनामा मंगलबारदेखि शुरु भएको ‘महिला चलचित्र महोत्सव’ बिहीबार सम्पन्न भएको छ ।

‘चलचित्रमा नारी’ स्लोगनसहित मंगलबारदेखि सुरु भएको महोत्सव बिहीबार विभिन्न कलाकारहरुलाई सम्मान गर्दै सम्पन्न भएको हो ।

महिला चलचित्र महोत्सवको पहिलो दिन चलचित्र ‘सिन्दुर’ प्रदर्शन गरिएको थियो । सन् १९७९ (वि.सं. २०३६) मा रिलिज भएको ‘सिन्दुर’ नेपाली सिनेमाको दोस्रो रङ्गिन चलचित्र हो ।

कार्यक्रमको दोस्रो दिन बुधबार महिला चलचित्रकर्मीद्धारा निर्माण गरिएका चलचित्रहरु प्रदर्शन गरिएका थिए भने बिहीबार आज महिला चलचित्रकर्मीहरुलाई सम्मान गरिएको हो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि