३० फाल्गुन २०८२, शनिबार
बागमती मुख्‍य समाचार समाचार समाज

काभ्रेको चौँरी देउरालीमा स्काउटको अभिमुखीकरण

रामेछाप । काभ्रे जिल्लाको चौँरी देउराली गाउँपालिकामा पालिका स्तरीय विद्यालय केन्द्रित स्काउट अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल स्काउट वाग्मती प्रदेशको आयोजनामा कात्तिकै देउराली स्थिति नमुना श्री प्रभा माध्यमिक विद्यालयमा कार्यक्रम भएको हो । गाउँपालिका शिक्षा शाखा प्रमुख कालीप्रसाद पाण्डेको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष रेणुका चौलागाईँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्काउटको बारेमा सरोकारवालालाई अभिमुखीकरण गरिएको एडभान्स स्काउट लिडर राज मैनालीले जानकारी दिए ।

वाग्मती प्रदेश स्काउट प्रमुख आयुक्त शिवकुमार तोयना, एडभान्स स्काउट लिडर एवं स्थानीय स्काउट परिषद् सुनापति गाउँपालिका रामेछापका प्रमुख आयुक्त राज मैनाली, एडभान्स लिडर इन्द्रमणि दाहाल लगायतले स्काउटका विभिन्न पक्षको बारे जानकारी गराएका थिए ।

कार्यक्रममा पालिका भित्रका विभिन्न विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरू लगायतको सहभागिता थियो । कार्यक्रममा स्काउटको पद्धति, स्काउटका क्रियाकलाप, महत्त्व र उपयोगिता, स्काउटका केन्द्र, प्रदेश र स्थानीय संरचना तथा विद्यालय संरचनाका बारे जानकारी दिइएको मैनालीले बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि