३० फाल्गुन २०८२, शनिबार
बागमती मुख्‍य समाचार समाचार समाज

नुवाकोटका माझी समुदायले पहिलो पटक मनाए लदी पर्व

त्रिशूली नुवाकोट, २१ फागुन । नुवाकोटका माझी समुदायले मङ्गलबार पहिलो पटक सामूहिक रुपमा लदी पर्व मनाएका छन् ।

जिल्लाभरका माझीहरु सामूहिक रुपमा भेला भएर ‘प्रथम लदी पर्व तथा प्रकृति पूजा’ कार्यक्रमको आयोजना गरेर मनाएको पर्वले लोप संरक्षणको लागि सहयोग पुग्ने उक्त समुदायका अगुवा तेजबहादुर माझीले बताए।

“विगतका वर्षमा माझीले डुङ्गा चलाइ खोला नदी वारपार गराउँदै आएको स्थानमा तुइन, झोलुङ्गे पुल, पक्कीपुल हुँदै माझीको ढुङ्गा खियाउने पेसा हरायो”, उनले भने, “माछा मारेर जीविका चलाउँदै आएको पेसा पनि अहिले लोभ भएको अवस्था छ ।”

माझी समुदायको सबैभन्दा ठूलो पर्व लदी हरेक वर्ष फागुन महिनाको तेस्रो मङ्गलबार मनाउने गरिएको छ । पर्व मनाउन बागमती प्रदेश नुवाकोटका विदुर नगरपालिकाले बजेट विनियोजन गरेसँगै जिल्लाभरका माझीहरु एकीकृत भएर सामूहिक रुपमा पर्व मनाएका हुन् ।

विगतका वर्षमा आ–आफ्नो घरबाट निस्केर खोला नदीको किनारमा पूजा गरेर फर्कने गरिएको संस्कृतिलाई सामूहिक रुपमा मनाउन बजेट उपलब्ध गराइएको विदुरका नगरप्रमुख राजन श्रेष्ठले बताए।

नेपाल माझी महिला उत्थान सङ्घका केन्द्रीय अध्यक्ष तथा निवर्तमान बागमती प्रदेससभा सदस्य रीता माझीले खोला नदीको उत्खननले माझीको पेसा सङ्कटमा परेको बताए ।

उनले प्राकृतिक स्रोतबाट सङ्कलित राजस्वको केही हिस्सा माझी समुदायको हितमा खर्चनुपर्ने माग गरे ।

प्रदेश सरकारले दिएको सार्वजनिक बिदामा माझी समुदायलाई मात्र भनेकामा आपत्ति जनाउँदै पर्वको महत्व बुझाउन सबै जातजातिलाई नै सार्वजनिक बिदा दिनुपर्ने उनको भनाइ थियो ।

त्यसअवसरमा नदी किनारको आवास, फुर्लुङ, जाल, ढडिया, बल्छी, घौका, हुक्का, हतियार, भाडावर्तन, पोषाक, भेषभूषाको प्रदर्शनी गरिएको थियो । नुवाकोट माझी महिला उत्थान सङ्घका अध्यक्ष राधिका माझीले स्थानीयस्तरमा तीन तहको सरकारबाट सहयोग अपेक्षा गरिएको बताए।

नेपाल माझी सङ्घ नुवाकोटका अनुसार हाल नुवाकोटमा एक सय ११ घरपरिवारमा तीन सय आठ महिला र तीन सय २६ पुरुष छन् । उनीहरुको मुख्य बसोबास त्रिशूली र तादी नदी आसपासको क्षेत्रमा पर्दछ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि