१५ फाल्गुन २०८२, शुक्रबार
गण्डकी मुख्‍य समाचार समाचार समाज

गोरखामा निःशुल्क स्वास्थ्य शिविरः सात सय ७४ जना लाभान्वित

गोरखा, २१ फागुन । धार्चे गाउँपालिका–२केरौजामा मङ्गलबार सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा सात सय ७४ जनाले उपचार सेवा लिएका छन् ।

शिविरमा एक सय ७७ जनाले स्त्री तथा प्रसूति र तीन सय ३४ जनाले नाक, कान र घाँटी, एक सय ५६ जनाले युएसजी र ७२ जनाले इसिजी सेवा लिएका थिए ।

काठमाडौँस्थित ग्रीन सिटी हस्पिटलको प्राविधिक सहयोगमा मुटु फाउन्डेसनले आयोजना गरेको शिविरमा एक सय १७ जनाको पाठेघरको मुखको क्यान्सरको ‘भिआइए’ जाँच गरिएको फाउन्डेसनका अध्यक्ष धनबहादुर गुरुङले बताए ।

शिविरमा पाठेघर खस्ने समस्या भएका १० जनामा ‘रिङ प्रेसरी’ राखेर उपचार गरिएको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि