३० फाल्गुन २०८२, शनिबार
बागमती मुख्‍य समाचार समाचार समाज

बरामद गरिएका सामान भन्सार कार्यालयलाई हस्तान्तरण

रसुवा, २१ फागुन । सशस्त्र प्रहरी बलको टोलीले भन्सार छली लुकाईछिपाई केरुङ हुँदै चीनबाट ल्याइएका उपभोग्य वस्तु एवं लत्ताकपडा बरामद गरी स्थानीय टिमुरे भन्सार कार्यालयलाई बुझाएको छ ।

धुन्चेस्थित सशस्त्र प्रहरी बल २० नम्बर गुल्मले चीनतर्फबाट ल्याइएका चक्लेट, ओेखर, सस, टिमुरको तेल, जुत्ता तथा कपडालगायत सामग्री बरामद गरी भन्सार कार्यालय टिमुरेलाई बुझाएको हो ।

केरुङबाट रसुवागढी हुँदै बिक्रीका लागि काठमाडौँतर्फ लाँदै गरेको अवस्थामा ती सामान बरामद गरिएको हो । सशस्त्र प्रहरीले सार्वजनिक यातायातमा नियमित जाँच गर्ने क्रममा आज ती सामान बरामद गरी नियमानुसार भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।

टिमुरे भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले बरामद गर्ने अवैध सामग्री नियमानुसार भन्सार कार्यालयमा बुझाउने गरेको बताए ।

बरामद गरिएका सामग्रीको गुणस्तर जाँच गराई खानयोग्यलाई लिलाम र गुणस्तरहीन सामग्रीलाई नष्ट गरिने व्यवस्था रहेको भन्सार अधिकृत भट्टराईले जानकारी दिए ।

लिलाम तथा नष्ट गराउने व्यवस्थाका लागि भन्सारमा छुट्टै अधिकारसम्पन्न एक समिति रहेको र सो समितिले गरेको निर्णयका आधारमा बरामदी सामग्रीको व्यवस्थापन गरिने कानुनी व्यवस्था रहेको भन्सार कार्यालयले स्पष्ट गरेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि