२३ फाल्गुन २०८२, शनिबार
बागमती मुख्‍य समाचार समाचार समाज

विज्ञानमा आधारित रहेर वन व्यवस्थापन हुन आवश्यक छ : राकेश कर्ण

काठमाडौं । नेपाल वन प्राविधिक संघका अध्यक्ष राकेश कर्णले नेपालका वनजंगलहरु स्रोतले अगाडि भएपनि काठ आयात विदेशबाट हुने बताएका छन् ।

मानव वन्यजन्तु द्धन्द्ध र वन डढेलो व्यवस्थापन विषयक नीति संवाद कार्यक्रममा बोल्दै उनले विज्ञानमा आधारित वन व्यवस्थापन हुन आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘मुख्यगरी वन व्यवस्थापन गर्न प्राधिकरण आजको आवश्यक्त हो । नेपालमा ४६ प्रतिशत वन क्षेत्र भएर पनि विदेशबाट काठ आयात हुने अवस्था छ । हाम्रो श्रम शक्तिहरु बाहिर रोजगारीमा गइरहेका छन् । त्यसैले पनि विज्ञानमा आधारित वन व्यवस्थापन हुन आवश्यक छ ।’

साथै उनले वनका कामहरु गर्नको लागि प्राविधिकहरुको कमी रहेको बताए । उनले वन व्यवस्थापनका लागि थुप्रै किसिमका प्राविधिकहरु आवश्यक हुने बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि