२७ आश्विन २०८२, सोमबार
कर्णाली मुख्‍य समाचार समाचार समाज

लामो सुख्खा पछि पानी पर्दा स्थानीय खुसि

१६ फाल्गुन,  मुगु ।  मुगु लगाएत कर्णाली प्रदेशमा लामो समयपछि पानी पर्दा किसान हिउँदे अन्न बालि राम्रो हुने भन्दै खुसी भएका छन् । लामो समयपछि बिहीवारबाट वर्षा हुँदा किसानहरु निकै  खुसी भएका हुन् ।

मुगु लगाएत आसपासका जिल्लाहरुमा बिहान ४ बजेबाट पानी परेसँगै मौसम अन्धकार बनेको छ । यससँगै जिल्लामा  बिद्युत सेवा पनि अवरुद्ध भएको छ । लामो समय पछि पानी पर्दा बाँझो जमिन खनजोत गर्न तथा कार्तिके बाली कोदो, मकै छर्नका लागि  खेतबारीमा हलो लगाउन सजिलो हुने छायाँनाथ रारा नगरपालिका वडा नं ५ का किसान दिनेश मल्लले  बताएका छन् ।

मुगु जिल्ला आकासे पानीको सिँचाइले फलफूल खेती र तरकारी उत्पादनमा  निर्भर हुने जिल्ला भएकोले कृषकहरुले स्याउ, ओखर, आरुलगाएतका बिरुवालगाउन निकै समस्या भएको थियो । गए रातिबाट पानी पर्दा अब कृषकहरुलाई फलफुलका बिरुवा लगाउन सहज हुने भएकोले खुसी भएको फलफुल कृषक मणिचन्द भामले बताएका छन् ।

कृषक भामका अनुसार पानी परेपछि मुगुका थुप्रै ठाउँमा भइरहेको आगलागी समेत नियन्त्रणमा आउने बताएका छन् ।

लामो समय देखि  पानी  नपरेपछि यो वर्ष हिउँदे खेतीमा नराम्रो असर परेको अब केही सुधार हुदै जाने छ भने बर्खे खेती र फलफुल खेति गर्ने कृषकहरुलाई राम्रो हुने भएको  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ  मुगुका प्रमुख तेज बिक्रम मल्लले बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि