१५ फाल्गुन २०८२, शुक्रबार
गण्डकी मुख्‍य समाचार समाचार समाज

नवलपरासी पूर्वमा ८६ सहिद परिवारको सम्मान

मध्यविन्दु नवलपरासी, १६ फागुन । नवलपरासी बर्दघाट सुस्तापूर्व मा द्वन्द्वकालमा ज्यान गुमाएका ८६ जना सहिदका परिवारलाई सम्मान गरिएको छ ।

द्वन्द्वपीडित महिला सञ्जालले २०५२ साल फागुन १५ गते जिल्लामा पहिलो सहिद भएको सम्झनामा यहाँका ८६ जना सहिदका परिवारलाई सम्मान गरेको हो ।

सञ्जालकी अध्यक्ष पार्वती सिग्देलका अनुसार जिल्लामा १०३ जना सहिदका परिवार रहेका भए तापनि सम्पर्कमा आएका ८६ जनाका परिवारलाई सम्मान गरिएका हो ।

जिल्लामा सहिद, बेपत्तालगायत विभिन्न किसिमका यातना भोगेका सूचीकृत परिवारका छोराछोरीलाई छात्रवृत्तिको व्यवस्था गरिएको जानकारी दिँदै उनले भने, “यस वर्ष १२ जना बालबालिका सहिद परिवारबाट थपिएका छन्, उनीहरूलाई आगामी आर्थिक वर्षलेखि छात्रवृत्तिको व्यवस्था गरिनेछ ।”

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि