२२ फाल्गुन २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार समाचार समाज

बागमतीबाट दुई मेट्रिक टन फोहर व्यस्थापन

काठमाडौँ, ११ फागुन । केही वर्ष अघिसम्म सफा हुने बागमतीको माथिल्लो भाग पछिल्लो समय प्रदूषित बन्दै गएको छ ।

गोकर्णेश्वर महादेव मन्दिर मुन्तिरको बागमती पनि पछिल्लो समय धेरै प्रदूषित भएको स्थानीयवासीको गुनासो छ ।

नदी बढी प्रदूषित हुन थालेपछि बागमती सफाइ महाअभियानले शनिबार गोकर्णेश्वर महादेव मन्दिरमुनिको बाँधस्थलमा सफाइ गरेको छ ।

बागमती सफाइ महाअभियानको छ सय १५औँ हप्ताका अवसरमा आयोजना गरिएको सफाइ कार्यक्रमबाट दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिए ।

गोकर्णेश्वर नगरपालिकाको नेतृत्वमा भएको बागमती सफाइ महाअभियानको छ सय १५औँ शृङ्खलामा नगरप्रमुख दीपककुमार रिसाल, उपप्रमुख सान्नानी लामासहित कर्मचारी, अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख नारायण भण्डारी, गोकर्ण नगरपालिका–४ का अध्यक्ष जयराम महत, वडा नं ८ का अध्यक्ष नन्दलाल श्रेष्ठसहित जनप्रतिनिधि, मितेरी मार्ग संरक्षण समाजका अध्यक्ष पासाङ तामाङसहित पदाधिकारी, लायन्स क्लब अफ संसराका अध्यक्ष विकास थापासहित टोली, माथिल्लो वाग्मती सरसफाइ अभियान, अभियानका प्रमुख लीलामणि पौड्याललगायत सफाइ अभियानकर्मी सहभागी भएका थिए ।

आउँदो शनिबार पशुपति राममन्दिर अगाडि, वाग्मती नदी किनारबाट पञ्चदेवल हुँदै भुवनेश्वरी मन्दिरसम्मको भाग सफाइ गर्ने निर्णय गरिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि