१४ फाल्गुन २०८२, बिहीबार
कोशी मुख्‍य समाचार समाचार समाज

‘धरान धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्र’

धरान सुनसरी, ९ फागुन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धरान धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्रको रुपमा रहेको बताएका छन् ।

धरान उपमहानगरपालिका– ८ स्थित श्री कृष्ण प्रणामी धर्मशाला निर्माण समितिले निर्माण गरेको धर्मशाला आज उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले धरान पर्यटन कृषि उत्पादन तथा बहुसांस्कृतिक बहु भाषिक र बहु धार्मिक हिसाबले पनि महत्वपूण नगरको रुपमा रहेको बताए ।

उनले धरानको विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

“यस्ता धार्मिक पर्यटकीयस्थलको प्रबद्र्धनका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्ष बजेट विनियोजन गर्ने छ”, उनले भने ।

उक्त धर्मशाला रु तीन करोड १५ लाखको लागतमा निर्माण गरिएको बताइएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि