२२ फाल्गुन २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

नेपाल औषधी थोक व्यवसायी संघको अध्यक्षमा गणेश नेपाल विजयी

५ फागुन, काठमाडौं । नेपाल औषधी थोक व्यवसायी संघको अध्यक्षमा गणेश नेपाल निर्वाचित भएका छन।

आइतबार सम्पन्न दोस्रो अधिवेशनले नेपालको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो।

निर्वाचित कार्यसमिति उपाध्यक्षद्वयमा माधव अधिकारी र विनोद कार्की छन् भने महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः राजेन्द्र थापा, गोपाल अधिकारी र दिपेश वस्याल निर्वाचित भएका छन्।

यसैगरी संघको कार्यसमिति सदस्यमा रुद्र नारायण मल्ल, सुनिल कुमार बैद्य ,निरज विक्रम राणा, चन्द्रसिह चौधरीलगायत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

नवनिर्वाचित कार्यसमितिलाई संघका निवर्तमान अध्यक्ष शिवराज वास्कोटाले आइतबार नै पदभार हस्तान्तर गरेका छन्।

पदभार ग्रहण गर्दै संघका नव निर्वाचित अध्यक्ष नेपालले संघको विधानले निर्देशित गरेका लक्ष्यलाई केन्द्रमा राखेरा आफू अघि बढ्ने बताए।

यस्तै उनले औषधिका थोक व्यवसायीको व्ययसायिक अधिकारको लागि आफ्नो कार्यकाल फलदायी बनाउन लाग्ने प्रतिबद्धता व्यक्त गरे।

नवनिर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ। संघ २०७३ सालमा स्थापना भएको थियो।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि