१६ मंसिर २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति लुम्बिनी समाचार समाज

प्रधानमन्त्री ओली दाङमा

५ फागुन, दाङ । प्रधानमन्त्री केपी शर्मा ओली केहीबेर अघि दाङ आइपुगेका छन् । उनी नेपाली सेनाको हेलिकोप्टरमा लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी आइपुगेका हुन् ।

प्रधानमन्त्री ओलीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रदेश मन्त्रीहरु, सुरक्षा निकायका प्रमुख लगायतले स्वागत गरेका थिए। उनले केहीबेरमा लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले प्रदेशसभा बैठकलाई विशेष सम्बोधनपछि घोराहीमा नेकपा (एमाले) दाङले आयोजना गरेको सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उक्त कार्यक्रमपछि उनले टरिगाउँ विमानस्थलको निरीक्षण तथा अवलोकन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि