१४ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार लुम्बिनी समाचार समाज

फरक क्षमता भएका व्यक्तिलाई सहायता सामग्री उपलब्ध

१ फागुन, रामपुर (पाल्पा) । रामपुर नगरपालिकामा फरक क्षमता भएका व्यक्तिलाई सहायता सामग्री उपलब्ध गराइएको छ । यहाँको रामपुर–७ मा बसोबास गर्ने फरक क्षमता भएका नौ जनालाई सहायता सामग्री (ह्विलचियर) सहयोग गरिएको हो ।

पूर्णअपाङ्गता भएका व्यक्तिलाई वडा कार्यालयले सो सामग्री उपलब्ध गराएको जनाएको छ । हिँड्न नसक्ने र परिवारका सदस्यको सहयोगमा रहेका ‘क’ वर्गका पूर्णअपाङ्गता भएका व्यक्तिमध्ये आवश्यकताका आधारमा नौ जनालाई ह्विलचियर वितरण गरिएको वडाअध्यक्ष दोवराज तिवारीले जानकारी दिए ।

रु एक लाख ११ हजार बराबरको लागतमा सामग्री खरिद गरेर वितरण गरिएको वडा सचिव गीता लम्साल पौडेलले बताए । उनका अनुसार वडा कार्यालयबाट अपाङ्गता सहायता सामग्री खरिद शीर्षकमा विनियोजित रु ५० हजार र जापानी नागरिक काजुमा साकाकीमीबाट प्राप्त रु ६१ हजार सहयोगमा सामग्री खरिद गरी वितरण गरिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि