२१ फाल्गुन २०८२, बिहीबार
बागमती मुख्‍य समाचार समाचार समाज

कालिज फार्ममा पसेको चितुवा काठमाडौं लगियो

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–३ भिरपानीको एक कालिज फार्ममा पसेको चितुवा नियन्त्रणमा लिएर काठमाडौं लगिएको छ ।

सोमबार कालिज फार्ममा पसेको चितुवा नियन्त्रणमा लिएर काठमाडौं लगिएको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिए । सोमबार वडा कार्यालय नजिकै रहेको कालिज फार्मको जाली तोडेर सो चितुवा फार्म भित्र छिरेको थियो ।

कालिज फार्ममा चितुवा छिरेपछि गाउँलेहरु त्रसित भएका थिए । चितुवा फार्ममा छिर्ने बित्तिकै त्यसका सञ्चालक नीरज खड्काले माथिल्लो भागको कालिज फार्मको ढोका खोलिदिए पछि चितुवा खुल्ला ठाउँ देखेर माथिल्लो पट्टिको भागमा छिर्ने बित्तिकै त्यो ढोका बन्द गरिदिएकाले चितुवा बन्धक बनेको थियो भने कालिज उडेर जोगिएका थिए ।

कालिज फार्म भित्र बन्धक बनेको चितुवालाई सोमबार काठमाडौंबाट गएको वन विभागको प्राविधिक सहितको टोलीले लट्याएर नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिने क्रममा चितुवा सामान्य घाइते भएको छ । उसको आँखा र शरीरका केही भागमा सामान्य चोट लागेको अध्यक्ष श्रेष्ठले बताए । चितुवालाई सोमबार साँझ काठमाडौं लगिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि