२१ फाल्गुन २०८२, बिहीबार
बागमती मुख्‍य समाचार समाचार समाज

खानेपानीका मिटर चोरीका घटना बढ्दो

२७ माघ, मनहरी (मकवानपुर) । हेटौँडामा पछिल्लो समय खानेपानीका मिटरको चोरी हुन थालेको छ । डेढ महिनामा करिब एक सय बढी खानेपानीका मिटरहरु चोरी भएका छन् । घरको कम्पाउण्डभित्र जडान गरिएका खानेपानीका मिटर चोरी हुने गरेको हो ।

हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद सापकोटाका अनुसार गत पुसदेखि मिटर चोरी हुन थालेको हो । उपभोक्ताहरूले व्रासवडी मिटर जडान गरेका छन् । एउटा मिटरभित्र करिब आधा केजी पितल हुने गर्छ । उक्त पितल बिक्री गर्न खानेपानीको मिटर चोरिएको हुनसक्ने अनुमान बोर्डले गरेको छ ।

मिटरमा पाइने पितल बजारमा रु आठ सयसम्ममा बिक्री हुने गर्छ । हाल दैनिक एकदेखि तीनवटासम्म मिटर चोरी हुने गरेको छ । खानेपानीको मिटर चोरीको घटना मुख्यगरी हेटौँडा उपमहानगरपालिका–२, ४ र ५ नम्बर वडामा भइरहेको बोर्डले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि