२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार

६० किलो सुन प्रकरणमा दावाका मुख्य सहयोगीलाई भारतमा पक्राउ गरेर ल्याइयो

१३ भदौ, काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा प्रहरीले एक व्यक्तिलाई भारतबाट पक्राउ गरेर काठमाडौं ल्याएको छ ।

सिन्धुपाल्चोक घर भएका किशोर बस्नेतलाई प्रहरीले दिल्लीबाट पक्राउ गरेर ल्याएको सीआईबी स्रोतले बतायो ।

सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङको मुख्य सहयोगीका रुपमा देखिएपछि बस्नेतलाई पक्राउ गरिएको प्रहरी स्रोतको भनाइ छ ।

स्रोतका अनुसार, बस्नेतले दावाको निर्देशन अनुसार हङकङबाट सुन जडित सामग्रीहरु मगाएको पाइएको छ । ‘दावाको निर्देशन अनुसार सुन भएका विभिन्न उपकरण उनले मगाएको देखिएको छ’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘उनको पक्राउसँगै यसमा थप नयाँ तथ्यहरु फेला पर्ने अपेक्षा छ ।’

हालसम्म प्रहरीले यसमा २५ जनालाई पक्राउ गरेको छ । यसअघि प्रहरीले गणेश पौडेललाई पक्राउ गरिसकेको छ ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको