रातो कागज
7 महिना अघि

२२ माघ, काठमाडौं । अघिल्ला तीन दिन स्थिर रहेको सुनको भाउ मंगलबार बढेको छ ।
यस दिन प्रतितोला १९ सय रुपैयाँले भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँ रहेको सुन आज १ लाख ६४ हजार ७ सय रुपैयाँ पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । मंगलबार नेपाली समयअनुसार ११ बजे प्रतिऔंस २८१६ अमेरिकी डलर पुगेको छ ।
चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८९५ रुपैयाँ रहेको चाँदी आज १९३० रुपैयाँ पुगेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया