६ पुष २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम सूचना प्रविधि

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति विरुद्ध रिट दायर

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति डा. हेमराज पन्तसहित ६ जनाविरुद्ध रिट दायर गरिएको छ। सोमवार कानुन संकायतर्फ बीएएलएलबी प्रोग्रामको पहिलो ब्याचका ८ जना विद्यार्थीहरुले उनीहरूविरुद्ध रिट दायर गरेका हुन्।

उनीहरूले उच्च अदालत दिपायल महेन्द्रनगरको इजलासमा रिट दायर गरेको बताइएको छ। उनीहरूले सुदूरपश्चिम विश्वविद्यालयका रजिस्ट्रार यज्ञराज पाठक, परीक्षा नियन्त्रक अनुराधा रोकाया, कानुन संकायका डीन भवानी चन्द ठकुरी, केन्द्रीय क्याम्सपका कोर्डिनेटर भीमबहादुर फडेरा र कैलाली बहुमुखी क्याम्पसका कोर्डिनेटर पदमबहादुर पालविरुद्ध रिट दायर गरेको जनाइएको छ।

बीएएलएलबी कार्यक्रम ५ वर्षमा सकाउनुपर्नेमा ढिलाई भएको र समयमै परिक्षा नहुने भएकाले तालिकानै तलमाथि भएको भन्दै उनीहरूले रिट दायर गरेका हुन्। जसमा उनीहरूले सातौं सेमेस्टरको परीक्षा समयमै गर्नुपर्नेमा ढिलाई भएको र २०८२ चैत्रमा कार्यक्रम सकाउन परमादेश माग गरेका छन्। सोमवार विद्यार्थीहरुले उत्प्रेषणसहित परमादेशको माग गर्दै रिट दायर गरेकोमा आज मंगलवार पेसी तोकिएको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि