७ पुष २०८२, सोमबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

बालिका बलात्कार आरोपमा प्रधानाध्यापक पक्राउ

१२ भदौ, दमौली । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ प्रहरीले विद्यालयका प्रधानाध्यापकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ऋषिङ गाउँपालिका–७ का झुलबहादुर थापालाई रहेका छन् । उनी स्थानीय ज्यामिरेमाई प्राविका प्रधानाध्यापक हुन् ।

पीडित परिवारले भदौ ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि उनी पक्राउ परेका हुन् ।

घटनापछि फरार रहेका थापालाई सोमबार साँझ लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिकाको भोर्लेटारबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अबदेश विष्टले जानकारी दिए ।

बलात्कारको घटना सार्वजानिक भएपछि मिलापत्रकोलागि गाउँपालिकाकाका जनप्रतिनिधिको रोहबरमा बैठक समेत बसेको थियो । उक्त बैठकमा आरोपीले घटनाको मिलापत्रकोलागि पीडित परिवारलाई २ लाख रुपैयाँ दिने प्रस्ताव समेत गरेको थियो ।

तर पीडित परिवारले मिलापत्रमा सहमत नभई थापाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

थप समाचारहरु

प्रदेस समाचार समाज सुदूरपश्चिम

जंगली च्याउ खाँदा बैतडीमा एकै परिवारका पाँच जना विरामी

५ साउन, बैतडी । जंगली विषालु च्याउ खाँदा बैतडीमा पाँच जना सिकिस्त बिरामी भएका छन् । बिरामी पर्नेमा जिल्लाको सुर्नया
कोशी प्रदेस समाचार समाज

कोशीका सवा २ लाख पशुमा ‘लम्पी स्किन’ संक्रमण, ५ हजार मरे

६ साउन, झापा । कोशीका सवा दुई लाख पशुमा ‘लम्पी स्किन’ सङ्क्रमण, पाँच हजार मरे महामारीको रुपमा फैलिएको ‘लम्पी स्किन’