९ पुष २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

सहिद दिवसको अवसरमा विपन्न परिवारलाई राहत सामाग्री वितरण

रामेछाप । सहिद दिवसको अवसरमा रामेछापका ५२ विपन्न घर परिवारलाई राहत सामाग्री वितरण गरिएको छ ।
रामेछाप नगरपालिका ६, ७, ८ र ९ का विपन्न घर परिवारलाई राहत सामाग्री वितरण गरिएको हो ।
मारवाडी सेवा समिति, मारवाडी युवा मञ्चले उपलब्ध गराएको ती सामाग्रीहरू नेकपा एमाले रामेछाप नगरपालिका कमिटीले रामेछापको पुष्पलाल स्मृति पार्कमा एक कार्यक्रम आयोजना गरी वितरण गरेको नेकपा एमाले रामेछाप नगरपालिका कमिटी सचिव माधव ढकालले जानकारी दिए ।
एमाले जिल्ला कमिटी सदस्य नरेशबाबु श्रेष्ठले काठमाडौंबाट ल्याई वितरण गरिएका सामानहरूमा फाइबर सिरक, म्याट, बाल्टी, जग, चिउरा, चामल, दाल, तेल, नुन, दालमोठ, चाउचाउ, साबुन, सिटामोल लगायतका औषधी सहित रहेका ढकालले बताए । वडाबाट छनोट गरिएका विपन्नलाई ती सामाग्री प्रदान गरिएको हो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि