५ फाल्गुन २०८२, मंगलवार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

अमेरिकी अनुदान सहायता रोक्ने ट्रम्पको निर्णय स्थगित

१७ माघ, काठमाडौं । सबै प्रकारका वैदेशिक अनुदान सहयोगमा रोक लगाउने निर्णय ह्वाइटहाउसले स्थगित गरेको छ ।
विदेशी अनुदान वितरण ९० दिनका लागि स्थगित गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय कार्यान्वयन नगर्न अदालतले आदेश दिएपछि ह्वाइटहाउस पनि पछि हटेको हो ।

राष्ट्रपति ट्रम्पले २० जनवरीमा शपथ ग्रहण गरिसकेपछि विभिन्न मुलुकलाई बाँड्दै आएको अनुदान सहयोग ९० दिनसम्मका लागि स्थगित गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए । त्यसपछि सबै देशहरुमा निर्णय कार्यान्वयनका लागि पत्राचार गरिएको थियो ।

यो निर्णयले अमेरिकी सरकारको सहायतामा पर परेका लाखौं व्यक्तिहरुमा त्रास फैलिएको भन्दै जिल्ला अदालतका न्यायाधीश लोरेन अली खानको इजलासले निर्णय तत्काल यथास्थितिमा राख्न आदेश दिएको जनाएको छ ।

ट्रम्पको निर्णयले विश्वभर अमेरिकाको सहयोगमा सञ्चालित स्वास्थ्य, शिक्षा र विकाससँग सम्बन्धित कयौं प्रोजेक्टहरु बन्द हुने र ती क्षेत्रमा संलग्न व्यक्तिहरुको रोजगारी पनि संकटमा पर्ने चिन्ता व्यक्त हुँदै आएको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि