२१ फाल्गुन २०८२, बिहीबार
बागमती मुख्‍य समाचार समाचार समाज

बुढानीलकण्ठ नगरपालिकाले चौथो वृत्ति तथा रोजगार मेला गर्दै

काठमाण्डौ । बुढानीलकण्ठ नगरपालिकाले आगामी फागुन २ र ३ गते चौथो वृत्ति तथा रोजगार मेला गर्ने भएको छ । “शिक्षा, सीप र उत्पादकता हाम्रो प्राथमिकता”नारासहित हुन लागेको यो मेलामा युवा वर्गलाई रोजगारी तथा सीप विकासमा जोड दिने लक्ष्य राखिएको छ ।
मंगलबार बुढानिलकण्ठ नगरपालिकाले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै गतवर्ष सम्पन्न तेस्रो मेला, रोजगारी तथा युवा परामर्शमा केन्द्रित रहेकोमा यसपटक भने श्रमिक तथा उद्यमशीलता प्रवद्र्धनमा विशेष ध्यान दिइने जानकारी दिएको छ ।
यो मेलामा कुल ४८ वटा स्टल रहने छन्, जसमा १५ वटा रोजगारीका अवसर खुलाउने, ६ वटा श्रम स्वीकृतिसम्बन्धी जानकारी दिने र अन्य स्टलहरूले उद्यमशीलता तथा डिजिटल प्रविधि सम्बन्धी सेवा तथा सूचना प्रदान गर्नेछन् ।
माध्यामिक तह उत्तीर्ण गरेका १०० जना युवाहरूका लागि रोजगारी प्रवद्र्धनको विशेष अवसर मिलाइने र ४०० जनालाई व्यावसायिक सीपसम्बन्धी परामर्श दिइने नगरपालिकाको योजना रहेको छ ।
युवाहरूलाई स्वरोजगारको सम्भावना खोज्न प्रोत्साहित गर्न विभिन्न क्षेत्रका विज्ञहरूसँग अन्तक्र्रिया गराउने कार्यक्रमसमेत रहेको नगरपालिकाले जानाकारी दिएको छ ।
नगरपालिकाले बेरोजगार युवाहरूका लागि सूचनाको पहुँच विस्तार गर्दै रोजगारी सूचना केन्द्र सञ्चालनमा ल्याएको छ । इच्छुक व्यक्तिहरूले यहि माघ २५ गतेभित्र नगरपालिकाको पेजमा उल्लेख भएको फारममा भरी आवेदन दिन सक्नेछन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि