२१ फाल्गुन २०८२, बिहीबार
बागमती मुख्‍य समाचार समाचार समाज

विषादीरहित सात किलो काउली उत्पादन

भक्तपुर, १५ माघ । विषादीको प्रयोग नगरी किसानले सात किलोको काउली फलाएका छन् । आज सूर्यविनायकमा जिल्ला कृषि सहकारी संस्था लिमिटेडले आयोजना गरेको कृषि तथा घरेलु मेलामा कृषकले आफ्नो बारीमा उत्पादित सात किलोसम्मको काउली बिक्रीका लागि ल्याएका हुन् ।

जिल्लामा रहेका विभिन्न कृषिसँग सम्बन्धित सहकारी संस्थाले उत्पादन गरेको काउली, च्याउ, ब्रो काउली, आलु, ताइचिन चिउरा, विभिन्न जातका दाल, मकैको खोस्टाका फूलहरू, काठका सामग्री र पश्मिनाका कपडा बिक्रीका लागि राखिएका संस्थाका अध्यक्ष सनिस लागेजुले जानकारी दिए । मेलामा कृषि उत्पादनमा उपभोक्ताको घुइँचो रहेको जानकारी दिँदै उनले कृषि सहकारीले कृषि तथा घरेलु उत्पादनबाट देशको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुर्‍याएको बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि