२० फाल्गुन २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार समाज

ठगिएकालाई न्याय र २४ करोड ६७ लाख बढी राहत दिएको दाबी

काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्य बहादुर खत्रीले वैदेशिक रोजगारीमा ठगिएको व्यक्तिहरुको मुद्दा न्याय दिने काम गरेको बताए ।
वैदेशिक रोजगार विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा ६ महिनामा प्राप्त गरेको उपलब्धी राख्दै उद्धार, राहतमा पीडितहरुलाई प्राथमिकता दिदै पीडितहरुलाई न्याय दिने काम गरेको बताएका हुन् ।
उनले भने, ‘हामीले वैदेशिक रोजगारीमा ठगिएको व्यक्तिहरुको मुद्दामा न्याय दिने काम गरेको छौं । न्याय दिने काम पहिलो प्राथमिकता हो । ६ महिनाको तुलना गर्दा उद्धार तथा राहतमा पीडितहरुलाई प्राथमिकता दिनुपर्छ भन्ने कुरामा अहिलेको टिमले काम गरिरहेको छ । विगत ६ महिना पहिले १४ करोड ९१ लाख ८६ हजार राहत तथा क्षतिपूर्ति बापत पीडितले प्राप्त गरेका थिए । अहिले विगतको ६ महिनापछि तुलनागर्दा झण्डै ११ करोड बढी देखिएको छ । २४ करोड ६७ लाख ३२ हजार ६ सय ६० रुपैँया राहत तथा क्षतिपूर्ती बापत पीडितहरुको लागि भनेर विभागबाट उपलब्ध गराएको छौ । कहिलेकाहीं विभागमा न्याय पाइएन भन्दै सन्देश जान सक्छ तर क्षतिपूर्ती भराउने काम गरेका छौ ।’
उनले विगत ६ महिना यता विभिन्न इजाजत प्राप्त संस्थाहरुको अनुगमन गरी कारवाही गरेको पनि बताए ।
उनले भने, ‘६ महिनामा ५८ वटा इजाजत प्राप्त संस्थाहरुको अनुगमन गरेका छौ । उजुरीसँग जोडिएका बिषयहरु, स्वीकृती नलिइ अन्तरवार्ता लिइरहेका, कतै एक ठाउँको स्वीकृती लिएर अर्कै ठाउको लागि पैसा उठाएका केसहरुको उजुरी आउँदा ५८ वटा संस्थाहरुको अनुगमन गरेका छौ । कारोबार बन्द हुनेगरी ५६ वटा संस्थाहरुलाई कारवाही गरेका छौं ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि