७ माघ २०८२, बुधबार
गण्डकी मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

सत्ताइस लाख खर्चेर स्वास्थ्य केन्द्रको भवन निर्माण

म्याग्दी, ११ माघ । बेनी नगरपालिका–५ सेतोढुङ्गामा सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण भएको छ । गैरसरकारी संस्था गुड नेभरहुडको रु २७ लाखको लागतमा तीनकोठे एकतले पक्की भवन निर्माण भएको हो ।

सहरी स्वास्थ्य केन्द्रबाट बेनी नगरपालिका–४ को डाँडाखेत, वडा नं ५ को सेतोढुङ्गा, कुमाल्नी, वडा नं ६ को छापका बासिन्दाले सेवा प्राप्त गर्न सहज भएको छ ।

वडास्तरका स्वास्थ्यचौकीमा सेवा लिन अपायक पर्ने बस्तीलाई लक्षित गरेर नगरपालिकाले सेतोढुङ्गाको साथै वडा नं ४ को सिङ्गा र वडा नं ९ को गलेश्वरमा सहरी स्वास्थ्य केन्द्र सञ्चालन गरेको छ । केन्द्रबाट स्वास्थ्य परीक्षण, परामर्श, खोप सेवा प्रवाह हुने बेनी नगरपालिकाको जनस्वास्थ्य अधिकृत चन्दन सुवेदीले बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि