२६ आश्विन २०८२, आईतवार
कर्णाली मुख्‍य समाचार समाचार समाज

कालीकोटको दुर्गम गाउँमा खाद्य बिक्री केन्द्र स्थापना

मान्म कालीकोट, ११ माघ । जिल्लमको दुर्गम गाउँमा खाद्य बिक्री केन्द्र स्थापना भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले शुभकालिका गाउँपालिका–२भर्ता नैनेलडाँडामा बिक्री केन्द्र स्थापना गरेको हो ।

गाउँमा खाद्यान्न बिक्री केन्द्र स्थापना भएपछि यहाँका स्थानीयलाई चामल किन्न घन्टौँ हिँडेर बजार पुग्नुपर्ने बाध्यता हटेको छ । शुभकालिका गाउँपालिका वडा नं २ का वडाध्यक्ष मनबहादुर शाहीले “गाउँका नागरिकले यसअघि चामल लिनका लागि सदरमुकाम मान्म जानुपर्ने बाध्यता रहेको थियो”, उनले भने, “सदरमुकाममा खाद्यान्न लिनका लागि खाद्यान्नको भन्दा महँगो गाडी भाडा तिर्नुपर्ने अवस्था थियो । ”

गाउँपालिकाको पहलमा केन्द्र स्थापना भएसँगै स्थानीयले सहज रुपमा अनुदानको चामल पाउने वडाध्यक्ष उनले जानकारी दिए। स्थानीय तहसँग मिलेर नागरिकलाई गुणस्तरीय खाद्यान्न उपलब्ध गराउने लक्ष्य रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कालीकोट शाखाले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि