२० फाल्गुन २०८२, बुधबार
प्रदेस समाचार बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

नेपाली कांग्रेस पक्षीय नगर सभासदले पोखरा महानगरको कार्यालयमा तालाबन्दी गरे

पोखरा । नेपाली कांग्रेस पक्षीय नगर सभासदहरुले पोखरा महानगरपालिकाको मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

बहुमत सदस्य उपस्थित हुँदा हुँदै पनि मेयरले नगरसभा स्थगित गरेको भन्दै नेपाली कांग्रेस पक्षीय नगर सभासदहरुले पोखरा महानगरपालिकाको मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

करारमा कर्मचारी नियुक्ति सम्झौता कार्यान्वयन नगर्न दबाब दिँदै नेकपा एमालेले सोमबारको नगर सभा बैठक बहिष्कार गरेको थियो । एमालेका जनप्रतिनिधिले बैठक बहिष्कार गरेपछि मेयर धनराज आचार्यले नगर सभा बैठक स्थगित गरेका थिए ।

करारमा कर्मचारी नियुक्तिको विषयलाई लिएर पोखरा महानगरपालिकाभित्र लामो समयदेखि विवाद छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि