१८ पुष २०८२, शुक्रबार
मुख्‍य समाचार राजनीति समाचार समाज

अहिलेसम्मका सबै शिक्षकहरु पेन्सनकै प्रावधानमा समावेश हुन्छन् : मन्त्री भट्टराई

काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले अहिलेसम्मका सबै शिक्षकहरु पेन्सनकै प्रावधानमा समावेश हुने बताएकी छिन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा निवृत्तिभरण कोषमा शिक्षक समावेशबारे विषयमा छलफल भएको जानकारी दिँदै उनले शिक्षकहरुको कन्फ्युजन स्पष्ट पार्दै ऐन बन्नु भन्दा पहिलाका शिक्षकहरु पेन्सन प्रावधानमा समावेश हुने जानकारी दिईन् ।

उनले भनिन्, ‘निवृत्तिभरण ऐनबारे अध्यादेशमा आएको छ, त्यसमा शिक्षक सेवा पनि समावेश हुने कुरा भएको निवृत्तिभरण कोषमा भन्ने आयो । यसमा शिक्षकहरुलाई केही कन्फ्युजन थियो कहिलेबाट भनेर । आज मन्त्रिपरिषद्को बैठकमा मैले यो विषय प्रवेश गराए । बैठकमा के कुरा भयो भने जहिलेबाट ऐन बन्यो, त्यहीबाट नै हो लागू हुने, त्यो भनेको ०८१ सालबाट मात्रै लागू हुन्छ । त्यसभन्दा अगाडिको सबै शिक्षकहरु पेन्सन प्रावधानमा समावेश हुनुहुन्छ भनेर स्पष्ट पार्नुभएको छ ।’

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि