९ पुष २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

प्रहरीबाट निर्घात कुटिए युवक, भिडियो भयो सामाजिक सञ्जालमा भाइरल

७ माघ, चितवन । चितवनको भरतपुरमा प्रहरीले एक व्यक्तिमाथि निर्घात कुटपिट गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

प्रहरीले कुटपिट गरेको भिडियो भाइरल भएपछि प्रहरीले अनुसन्धान गर्न सुरु गरेको छ । चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन अनुसन्धान गर्न थालेको हो ।

भरतपुरको बाइपास रोड क्षेत्रमा रातको समयमा प्रहरीले निर्घात कुटपिट गरिरहेको सार्बजनिक भएको भिडियोमा देख्न सकिन्छ ।

मोटरसाइकलको लाइसेन्स चेक गरिरहेको र त्यसपछि सडकपेटी छेउमा सेतो सर्टमा रहेका मानिसलाई प्रहरीले बुटले पटकपटक हानेको भिडियोमा छ ।

यो भिडियोमा प्रहरीले गरेको कार्यको सर्वसाधारणले चासोको रूपमा लिएका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि