२० फाल्गुन २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार समाज

‘विकास गाउँतिर जाने मान्छेजति सहरतिर आउने परिस्थिति बन्यो’

काठमाडौं । पूर्वगभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले विकास गाउँतिर जाने र मानिसजति सहरतिर आउने दुखद् परिस्थिति निर्माण भएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित ‘अब के नेपाली बैंक वित्तले सहकारीको नियति भोग्नुपर्ने अवस्था आउँदै हो ?’ पूर्वगभर्नरहरूसँग विशेष अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विकास भूगोललाई हो कि जनतालाई हो भन्ने विषयमा पनि सोच्नुपर्ने परिस्थितिहरु निर्माण भएको बताए ।
उनले भने,‘सरकारले विकास र निर्माणको काम गाउँतिर लैजानुपर्छ भनेको छ । फालिएको न्यूनत गाउँ विकास समितिमा पनि ३०–४० करोड भन्दा कम पुगेको छैन् भन्ने छ । रकम पर्याप्त मात्राका गइरहेको छ तर दुःखको कुरा के छ भने विकास गाउँतिर जाने मान्छेजति सहरतिर आउने परिस्थिति बनेको छ ।’ उनले विकास भूगोललाई हो कि जनतालाई हो भन्ने विषयमा सोच्नुपर्ने अवस्था आएको बताए ।
त्यस्तै उनले राजनीतिक अस्थिरताको कारणले दिगो रुपमा व्यवसाय गरेर अगाडि बढ्नका निमित्त अनुकुल वातावरण नबनेको बताए ।
कार्यक्रममा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले पूर्वाधार निर्माणमा ढिलाई हुँदा पर्यटन क्षेत्र गतिशिल नभएका कारण आर्थिक अवस्था खस्किएको बताए । उनले व्यापार बढाउने भन्दापनि कर असुल्ने रणनीति गलत भएको बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि