१४ फाल्गुन २०८२, बिहीबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

सामाजिक अभियन्ता डा. निकोलस फेरि कास्की प्रहरीको न्यायिक हिरासतमा

पोखरा । सामाजिक अभियन्ता डा. निकोलस भुसाल (कमल)लाई जिल्ला प्रहरी कार्यालय कास्कीले आज फेरी आफ्नो नियन्त्रणमा लिएको छ । डा. निकोलस भुसाल (कमल)लाई अदालतको आदेश बमोजिम न्यायिक हिरासतमा राखिएको कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।

विद्युतीय अपराधको मुद्दामा अनुसन्धान सकिएपछि आज जिल्ला अदालत कास्कीमा पेश गरिएकोमा अदालतले आज आदेश दिन समय अभाव भएको भन्दै डा. निकोलसलाई न्यायिक हिरासतमा पठाएकाले प्रहरी नियन्त्रणमा लिएको एसपी ओलियाले बताए। डा. निकोलसलाई शुक्रबार फेरी अदालतमा पेश गरिने एसपी ओलियाले उल्लेख गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको तस्बिर खिचेर सार्वजनिक गरेको आरोपमा पक्राउ परेका डा. निकोलस भुसाल (कमल)लाई प्रहरीले विद्युतीय कारोबार ऐन अन्तरगत मुद्दा चलाएर हिरासतमा लिन चाहेको थियो । तर कास्की जिल्ला अदालतका न्यायाधीश नारायण दाहालको इजलासले डा.भुषाललाई हिरासतमा राख्न अनुमति नदिएपछि उनलाई दैनिक हाजिर गराएर कास्की प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

भुसाललाई शुक्रबार अदालतमा पेस गर्ने र बयान गराइने ओलियाले जानकारी दिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि