२४ फाल्गुन २०८२, आईतवार
मुख्‍य समाचार राजनीति समाचार समाज

सिंहदरबार ‘स्याल दरबार’ बन्न समय लाग्दैन : गोविन्दराज पन्त

काठमाडौं । काठमाडौं उपत्यका मेलम्ची खानेपानी संघर्ष समितिका संयोजक गोविन्दराज पन्तले रगत बगाएर सम्हालेको देशलाई मुठीभरका मान्छेले कैद गरेर राखे सिंहदरबार नभइ जनताले ‘स्याल दरबार’बनाउने बताएका छन् ।

शनिबार काठमाडौं उपत्यका खानेपानी संघर्ष समिति गौरवमय वार्षिक एकता कार्यक्रममा बोल्दै उनले सरकारलाई जनतामाथि शासन गर्न खोजे सिंहदरबारभित्र नेपाली जनताले बङगुर पालेर देखाउने बताएका हुन् ।

उनले भने, ‘रगत बगाएर सम्हालेको देशलाई आज मुठीभरका मान्छेले कैद गरेर हामीमाथि शासन गर्न खोजे । राम्रोसँग काम गर्नुस् । नत्र जनताले सिंहदरबार होइन स्याल दरबार बनाएर अब नेपाली जनताले बङगुर पालेर देखाउने छन् । त्यहाँ शासन गर्ने दिन जान सक्छन् । अब होस् गर, होसमा आउँ ।’

यसैगरी उनले काठमाडौं उपत्यकाको केही ठाउँ छन् जहाँ अहिलेसम्म पाइप लाइनको बिस्तार नभएको बताए । उनले पाइप लाइन बिस्तार नभएको ठाउँमा काम सुरु गर्न सरकारसँग मागसमेत गरे ।

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि