२६ आश्विन २०८२, आईतवार
मुख्‍य समाचार लुम्बिनी समाचार समाज

नेपालगञ्जमा मोमो महोत्सव हुँदै

जानकी बाँके, २४ पुस । नेपालगञ्जस्थित सिद्धार्थ कटेजमा दोस्रो मोमोे महोत्सव आयोजना हुने भएको छ । नयाँ वर्ष २०२५ को सुरुआतसँगै दोस्रो मोमोे महोत्सव गर्न लागिएको हो ।
सिद्धार्थ हस्पिटालिटीको आयोजामा यही पुस २५, २६ र २७ गते दोस्रो मोमो महोत्सव हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत कटेजका प्रबन्ध सञ्चालक पदम न्यौपानेले जानकारी दिए। सिद्धार्थले यसअघि विसं २०८० माघ ११, १२ र १३ गते पहिलो मोमोे महोत्सव आयोजना गरेको थियो । पहिलो संस्करणमा ४० भन्दा बढी प्रकारका मोमोे राखिएको भन्दै मोमोको परिकारलाई देशभरि चिनाउने उद्देश्यले दोस्रो संस्करणको महोत्सव आयोजना गर्न लागिएको उनले बताए ।
तीन दिनसम्म सञ्चालन हुने उक्त महोत्सवमा प्रत्येक दिन फरकफरक कलाकारको सांस्कृतिक प्रस्तुति रहने प्रबन्ध सञ्चालक न्यौपानेले बताए । पहिलो दिन स्थानीय कलाकारलाई प्राथमिकता दिँदै मोहिनी पौडेलसहितको टिमले नृत्य प्रस्तुत गर्नेछ भने दोस्रो दिन नेपालगञ्जको ‘लाइभ ब्याण्ड द समय ब्याण्ड’ सँगसँगै मोमो बनाउने र पकाउने प्रतियोगिता हुनेछ ।
मोमो बनाउने र पकाउने प्रतियोगिताका निःशुल्क नाम दर्ता गर्न सकिने आयोजकले जनाएको छ । “नाम दर्ता गर्न सिद्धार्थ कटेज नेपालगञ्जको शोधपुछ शाखामा गएर दर्ता गर्न सकिनेछ”, न्यौपानेले भने । अन्तिम दिन राष्ट्रिय कलाकार पशुपति शर्मासँगै स्थानीय कलाकारको प्रत्यक्ष दोहोरी, नृत्यसँगै सामुदायिक रूपमा मोमो पकाउने प्रतिस्पर्धा हुने उनले जानकारी दिए ।
पत्रकार सम्मेलनमा सिद्धार्थ होटेल नेपालगञ्जका मुख्य प्रशिक्षक बद्री कोइरालाले भने, “देशैभरि मोमोका विभिन्न परिकारलाई परिचित गराउने उद्देश्यले यो महोत्सव आयोजाना गर्न लागेका हौँ । महोत्सवमार्फत मोमोका विभिन्न प्रकारको पहिचान गराउने लक्ष्य छ ।”

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि